काठमाडौं- नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकाेटाविरुद्धकाे मुद्दाकाे सुनुवाइ आज हुँदैछ। सापकाेटाविरुद्धकाे मुद्दाकाे पेसी न्यायाधीश सपना प्रधान मल्लकाे इजलाशमा ताेकिएकाे छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतासमेत रहेका सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेकाे थियाे। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको रिट निवेदनमा संविधान एवं कानुनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गरिएकाे थिए।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा हिजो पेसी तोकिएको भएपनि सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो। प्रतिनिधिसभा बैठकले सापकोटालाई हिजै सभामुख निर्वाचित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।