काठमाडाैं- शीर्ष नेताबीच सहमति जुटेपछि कांग्रेस केन्द्रीय समितिको बैठक आज बोलाइएको छ।
शीर्ष तहमा भएको सहमति अनुमोदनका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो। १४औं महाधिवेशनको कार्यतालिका पेश नभएसम्म बैठकमा प्रवेश नगर्ने संस्थापनइतर समूहले अडान लिएको थियो।
संस्थापनइतर समूहले बैठक बहिष्कार गरेपछि पुस ११ मा बहुमतको आधारमा संस्थापनले निर्णय गरेको थियो। बहुमतको आधारमा निर्णय गरेपछि दुई समूहबीच दूरी झन् बढेको थियो। शीर्ष तहमा सहमति जुटाउन पार्टी सभापति शेरबहादुर देउवाले बुधबार र शुक्रबार बैठक बोलाएका थिए।
पुस ११ मा भएको निर्णयलाई परिमार्जन गरि महामन्त्री डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्काले बैठकमा छलफलका लागि नयाँ प्रस्ताव पेश गर्नेछन्। संशोधित प्रस्तावलाई आज नै पारित गरी केन्द्रीय समिति बैठक टुंगिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।