काठमाडौं– राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा रेजिङ इन्टरनेशनल र हनुमान कन्स्ट्रक्सनलाइ २३ करोड ६० लाख विगो असुल गर्न तथा विगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय माग दावी गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
विभागले गोरखाको गोरखकाली नगरपालिका स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका १७ बस्ने रेजिङ इन्टरनेशनलका प्रोप्राइटर सञ्जिव मास्केले राजस्व चुहावट गरेको अभियोगमा १४ करोड ८७ लाख विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।
त्यस्तै राजस्व छलि गर्ने हेटौडा उपमहानगरपालिका २ बस्ने हनुमान कन्स्ट्रक्सनका सञ्चालक शालिकराम न्यौपानेसमेत २ जनाले राजस्व चुहावट गरेको अभियोगमा ८ करोड ६२ लाख विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदाबी लिई ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो।
रेजिङ इन्टरनेशनल र हनुमान कन्स्ट्रक्सनले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।