काठमाडौं- पोखराबाट काठमाडौंका लागि उडान भर्न लागेको पोखरा विमानबाट प्रहरीले एक यात्रुलाई पक्राउ गरेको छ।
२९ राउन्ड गोलीसहित ४० वर्षीय जितु शाहीलाई प्रहरीले पोखरा विमानस्थलबाट पक्राउ गरेको हो।
साढे १० बजे पोखराबाट यति एयरको जहाजबाट गोली सहित काठमाडौं आउन लागेका शाहीलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको छ।
पक्राउ परेका शाही पोखरा २७ का स्थायी बासिन्दा हुन्।
उनीसँग लाइसेन्स भए पनि उडान सुरक्षा विपरीत हतियार बोकेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।