• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अग्नि सापकोटा : 'हेड सर'देखि सभामुखसम्म

64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  १५:५७
1140x725

काठमाडौं- आइतबार दिउँसो ३ बजे बसेको प्रतिनिधिसभा बैठकले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अग्नि सापकोटालाई सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ। 

उनका विपक्षमा कुनै पनि उम्मेदवारी नपरेपछि ज्येष्ठ सदस्य महन्थ ठाकुरले उनी निर्विरोध चयन भएको घोषणा गरेका हुन्। 

निवर्तमान सभामुख कृष्णबहादुर महरा बलात्कार उद्योगमा पुर्पक्षका लागि थुनामा गएपछि रिक्त सभामुख पदका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सापकोटालाई सभामुख उम्मेदवारका रुपमा अघि सारेको थियो।

प्रतिनिधिसभामा नेकपाको बहुमत हुनुका साथै राष्ट्रिय जनता पार्टीले समेत नेकपा उम्मेदवार सापकोटा निर्वाचित भएका हुन्। 

माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा सक्रिय भएका सापकोटा गाउँभर 'अग्नि सर'का नामले परिचित थिए।

कुबिन्डेदेखि संसद् सचिवालयसम्म
स्थानीय सापकोटा परिवारमै प्रधानाध्यापक हुने पहिलो व्यक्ति र विद्रोही स्वभावका कारण पनि उनी उक्त क्षेत्रका धेरैसँग परिचित थिए। 

सानैदेखि आफ्नै घरमा पनि विद्रोही स्वभाव देखाउने सापकोटा विद्यालयमा पनि त्यही व्यवहार देखाउँथे।

nimb
nimb
Ncell 2
Ncell 2

जनयुद्धकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को ताम्सालिङ राज्यको नेतृत्वमा रहेका सापकोटा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का विश्वासपात्र हुन्। जनयुद्धदेखि शान्तिवार्तासम्म सापकोटा दाहालसँग निकट थिए। 

अप्ठेरो परिस्थितिमा दाहाल परिवारलाई नै साथमा लिएर 'सुकुटे बिच' जाने गर्दथे उनी। सुकुटे बिचको व्यवस्थापन सापकोटाले नै मिलाउने गरेका थिए। यसपटक प्रचण्डले सोही गुन फर्काएका छन्, सभामुख बनाउन लागी परेर। 

साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भए।

२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन्।

२०४८ सालमा संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका उनी पराजित भएका थिए। ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्यसमेत थिए।

समाजशास्त्रका स्नातकोत्तर सापकोटाले साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष शिक्षण अनुभव छ। उनी शिक्षक राजनीतिमा पनि सक्रिय थिए।  

द्वन्द्वकालमा प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए। ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए। 

सापकोटा २ पटक मन्त्रीसमेत भइसकेका नेता हुन्। सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन्।

उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि विचाराधीन छ। संवैधानिक इजलासमा काभ्रेपलान्चोकका अर्जुन लामाको हत्या आरोपमा अनुसन्धान माग गर्दै दायर भएको मुद्दा केही वर्षदेखि विचाराधीन छ।

समयरेखामा सापकोटा 
जन्म मिति/स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुविण्डे 
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा

स्थायी ठेगानाः चौतारा साँगाचोकगढी नगरपालिका ४, सिन्धुपाल्चोक
शैक्षिक योग्यता: स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा

पेशा र अनुभवः
१५ वर्ष अध्यापन (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)

पार्टी सदस्यता 
२०३५ सालमा नेकपा (चौथो महाधिवेशन)

पार्टी जिम्मेवारीः
स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

राजकीय जिम्मेवारीः
२०६४ – चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित । देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेदवार । संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशाील ।

२०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा संचार मन्त्री

२०७० – सिन्धुपाल्चोक २ बाट दोस्रोपटक संविधान सभा सदस्यमा निर्वाचित, तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी एकमात्र सांसद ।

२०७३ –नेपाल सरकारका वन तथा भू–संरक्षण मन्त्री

२०७४ – प्रतिनिधि सभा सदस्यमा विजयी, सिन्धुपाल्चोक–१, लगातार तीनपटक संसद सदस्यमा विजयी 

संक्षिप्त राजनीतिक जीवन
२०२९ – सालमा विद्यार्थी संगठनमा आवद्व,

२०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन)

२०३७ – शिक्षक संघर्ष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष,

२०४८ – शिक्षकबाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सकृय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य

२०५१ – नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत,  

२०५२ – फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रीय व्यूरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनवाट पोलिट्व्युरो सदस्यमा निर्वाचित,

२०५८ – पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी 

२०६२ – चैत १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते

२०६२/२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनता परिचालनको नेतृत्व

२०६९ – माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौडा महाधिवेशनबाट पोलिट्व्युरो सदस्य

२०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता

२०७१ – मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य

२०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य

२०७५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य

२०७६ - सभामुखमा निर्विरोध निर्वाचित

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, 'मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एकदुई... बिहीबार, जेठ २८, २०८३
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु (लाइभ) काठमाडौँ– प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार, जेठ २८, २०८३
राज्य व्यवस्था समितिले गठन गर्‍यो ५ वटा उपसमिति बिहीबार बसेको समितिको बैठकले बैठक सञ्चालन कार्यविधि तर्जुमाका लागि मस्यौदा समितिको समयसीमा थप गर्नुका साथै विभिन्न मन्त्रालयहरूको का... बिहीबार, जेठ २८, २०८३
ताजा समाचारसबै
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ बिहीबार, जेठ २८, २०८३
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या बिहीबार, जेठ २८, २०८३
८ अंक घट्यो सेयर बजार बिहीबार, जेठ २८, २०८३
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु (लाइभ) बिहीबार, जेठ २८, २०८३
राज्य व्यवस्था समितिले गठन गर्‍यो ५ वटा उपसमिति बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
सरकारले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने बुधबार, जेठ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्