काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले कांग्रेसले कमण्डलु लिएर उपभामुख पद नमाग्ने बताएका छन्।
आइतबार नयाँ सभामुख निर्वाचित गर्न बोलाइएको प्रतिनिधिासभाको बैठकलाई सम्बोधन गर्दै रिजालले भने, ‘कांग्रेसले उपसभामुख पदका लागि ‘बार्गेनिङ’ गरेर सभामुखमा उम्मेदवारी दिएन भन्ने हल्ला चलेको छ। कांग्रेस उपसभामुख पदमा सभामुख साट्दैन। काग्रेसले कमण्डलु लिएर उपसभामुखमा माग्दैन।’
लोभ गरेर सभामुखमा सभामुखमा उम्मेदवारी नदिएको भन्नु गलत रहेको बताएका छन्।
उनले सभामुख निर्वाचनमा विजय हासिल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पाटी (नेकपाको)को एथेष्ट मत रहेको र सभामुख तटस्थ पद भएको भन्दै कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएको प्रष्ट पारे ।
‘सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको नेकपाले आफ्नो उम्मेदवार प्रस्तु गररिसकेको र सभामुख तटस्थ पद भएकाले हाम्रो पार्टी उम्मेदवारी नदिने घोषणा गर्द छ,’ रिजालले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।