काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्ला दिनमा कांग्रेसभित्र निष्ठावान र ईमान्दार व्यक्तिलाई किनारा लगाउॅदै जान थालिएको र मूल्यांकनको परिपाटी हराउन थालेको बताएका छन्।
कोइरालाले निष्ठा र वैचारिक राजनीति कांग्रेसबाट हराउन थालेकाले लोकतन्त्र कमजोर हुँदै गएको बताए। आफू पार्टीभित्र वैचारिक उmर्जा भर्ने अभियानमा लागेको बताउँदै उनले पार्टी यतिबेला ईतिहांसकै कठिन मोडमा पुगेको बताए।
नेपाली कांग्रेस बेसीशहर नगरसमिति १ ले लमजुङको उदिपुरमा आयोजना गरेको कार्यकर्ता तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टीभित्र लेनदेन र भागबण्डा अझ बढेको बताए।
१४औं महाधिवेशनपछि भागबण्डा र गुट अन्त्य हुने दाबी कोइरालाको थियो। गुटबन्दी, भागबण्डा र लेनदेनको राजनीति अन्त्यका लागि आफूले कुनै कसर बॉकी नराख्ने उनले बताए।
कार्यक्रममा लमजुङ् कांग्रेसका सभापति भेषबहादुर पौडेल, कास्की कांग्रेसका पूर्वसभापति यज्ञबहादुर थापा, तनहु कांग्रेसका पूर्व सभापति ध्रुव वाग्ले, खोटाङ् कांग्रेसका पूर्वसभापति सुभाष पोख्रेलले एकै स्वरमा वर्तमान पार्टी नेतृत्व मुलुकको परिस्थिति र कार्यकर्ताको भावना अनुसार अगाडि बढ्न नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।