काठमाडौं– सुपरहिट तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ नेपालीमा रिमेक हुने भएको छ। जि ट्वान्टी वानसँगको सहकार्यमा बन्ने यो फिल्मको नेपाली रिमेक विशाल सापकोटाले निर्देशन गर्ने पक्का भएको छ।
सापकोटा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सेल्फी किङ’का निर्देशक समेत हुन्। ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्नु नेपाली फिल्ममै नयाँ प्रयोग हुने भएकाले आफूहरु फिल्म निर्माणमा सहभागी भएको जि ट्वान्टी वानका आसिफ शाहले बताए।
बजारमा आर्यन सिग्देल यो फिल्मसँग जोडिने हल्ला चलिरहेका बेला निर्माण युनिटले भने अहिलेसम्म कलाकार फाइनल नगरिसकेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।