• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

मिथिलाञ्चलको ऐतिहासिक लोकनाच लोप हुने अवस्थामा

64x64
नेपाल लाइभ शुक्रबार, माघ १७, २०७६  ०६:५५
1140x725

पछिल्लो पटक धनुषाको बरमझियामा दशै तिहारको बेला प्रदर्शन गरिएको अल्लाह रुदल नाच


जनकपुर- मिथिलाञ्चलसहित तराई मधेसमा इतिहास, संस्कृति र लोकगाथासँग जोडिएको ऐतिहासिक लोकनाच लोप हुने अवस्थामा पुगेको छ। लोकनाचको परम्परा एवं अभ्यास बन्द भएपछि कलाकारहरु पनि पलायन भएका छन्।

सातौँ/आठाैँ शताब्दीदेखि प्रचलनमा आएको मिथिला क्षेत्रकाे ऐतिहासिक प्राचीन नाच अल्लाह रुदल, राजा सलहेश, शितवसन्त, रुनान्झुना, बादशाह, गोपीचन्द, कुँवर बृजमान, सुन्दर वनको सुन्दर फूल, गुगलीघाट, सांमाचकेवा, कमला मैयाजस्ता नाच कलाकारको पलायनसँगै लोप भएका हुन्। त्यसैगरी, जयविषहरा, दुलहा दयालसिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुला, कारिक, महराई शोखामहाजन, महराई कारिक महाराज, झगडु मलजस्ता ऐतिहासिक नाच पनि लोप भएका छन्।

दश वर्षको उमेरदेखि नृत्य गर्दै आएका धनुषाको मिथिला नगरपालिका–१० का ४२ वर्षीय पुनित रामले २० जना कलाकारलाई नृत्य सिकाए पनि उनीहरू पलायन भएका दुखेसो गरे। कलाकारहरू विदेशीने क्रमसँगै नाच कम्पनी पनि बन्द भएका छन्। उनले स्थापना गरेको कम्पनी पनि कलाकारको अभावमा बन्द भएको छ।

ऐतिहासिक नाचका सिडी बजारमा पाइन थालेकाले नृत्य कम्पनी प्रभावित भएकाे रामले बताए। उनका अनुसार ऐतिहासिक नाच लोप भएपछि धनुषा जिल्लामा मात्र एक सयभन्दा बढी कम्पनी बन्द भइसकेका छन्।

विशेषगरी ग्रामीण क्षेत्रमा लोकप्रिय त्यस्ता नृत्य माओवादी द्वन्द्वकालदेखि नै प्रभावित भएका हुन्। अक्कलझुक्कल रूपमा वैवाहिक समारोहमा त्यस्ता नृत्य प्रस्तुत हुने गरेका वटेश्वर गाउँपालिका –५ का शान्तिपुरका जोगिन्दर महराले बताए। ‘लोप हुने जोखिम भने यथावत छ,’ उनले भने।

उनले यस्ता ऐतिहासिक नाचलाई राज्यपक्षबाट संरक्षण, सहयोगका साथै कलाकारलाई प्रोत्साहन हुनुपर्ने बताए। मिथिला क्षेत्रसँग जोडिएका यस्ता नृत्यलाई निरन्तरता दिन स्थानीय निकायमार्फत बजेट छुट्याउनुपर्ने उनकाे माग छ।

वर्षौंदेखि जंगली बादशाह कम्पनीमा काम गर्दै आएका महोत्तरीको पोखरभिन्डाका रामप्रसाद पासवानले नाचबाट नै कमाएर परिवारलाई पाल्दै आएका थिए। तर, अचेल नाचको माग घटेपछि पासवान अरुको घरमा मजदुरी गरी परिवार पाल्न बाध्य छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नाच कम्पनीहरू बन्द हुँदा यसमा आबद्ध कलाकारहरू रोजगारीका लागि खाडी तथा छिमेकी मुलुक भारत पलायन भएका छन्। ग्रामीण क्षेत्रमा लोकप्रिय रहेका नाचहरू बढ्दो महँगी र सिडि क्यासेटले प्रभावित भएको पासवानले बताए।

धनुषा हरिहरपुरका ५२ वर्षीय जीवछ पासवान मिथिला क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा लोकगाथासँग जोडिएको चौधौं शताव्दीका प्रतापी राजा सलहेशको पोसाकमा सजिएर स्टेजमा उत्रदा दर्शकले प्रतापी राजा सलहेश नै हो भन्ने गर्थे। र दर्शकले तालीले स्वागत गर्थे। ३१ वर्षे नाट्य अभिनय यात्रामा दर्शकको स्वागत नै उनको अभिनय यात्राको निरन्तरता थियो। तर अहिले लोक नाचप्रति दर्शकको रुचि नभएको उनी सुनाउँछन्।

जीवछसहित २५ जना आबद्ध मिथिला नाच पार्टीले लोक नाचहरूमा राजा सलहेशको वर्णन र गीत अनि लोकगाथामा उनका पराक्रमको वर्णन गरेर दर्शकलाई मन्त्रमुग्ध पार्न सफल थिए। नाच पार्टीले धनुषा, महोत्तरी, सिरहा, सप्तरी, र भारतको विहारलगायतका क्षेत्रमा राजा सलहेशको लोकगाथाको नाटक देखाइएकाे थियाे।

‘मिथिला संस्कृतिका लोकगाथाका नाचहरूको गाउँघरमा माग छैन,' उनले भने, ‘त्यही भएर कलाकारहरू रोजगारीका लागि कतिपय विदेश पलायन भए। उनका अनुसार अहिले पनि सलहेश मिथिला नाच पार्टीमा वाध्यवाधनका सम्पूर्ण सामग्रीलगायत पोसाकसहित एक लाख बराबरको भौतिक सामग्री छन्। उनको टोलीले एक रात नाटक देखाए बापत ४० देखि ६० हजार रुपैयाँ पाउँथे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महिनामा नाटक देखाउन उनको टोली २० दिन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, र भारतको विहारका गाउँगाउँमा व्यस्त हुन्थे। ‘अहिले पनि विवाहको समय तथा चाडबाडका अवसरमा यस्ता नाचहरू खेल्ने गरिन्छ,'  उनले भने, ‘तर यस्ता लोकप्रिय तथा ऐतिहासिक नाचहरूलाई राज्यपक्षबाट कुनै किसिमको संरक्षण र कालाकारहरूलाई प्रोत्साहन समेत नपाएकाले कामको खोजीमा कालाकारहरू विदेशीएका छन्।

मिथिला क्षेत्रमा प्रसिद्ध ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका लोक नाचहरु लोप हुन थालेपछि कलाकारहरु रोजगारीको खोजीमा पलायन भएका हुन्। पहिला पहिला प्रतिष्ठाका लागि भएपनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोक नाच मञ्चन गराइन्थ्यो। अहिले त्यो प्रचलन हराउँदै गएकाले नाच कम्पनीहरु एकपछि अर्को गर्दै बन्द भएका हुन्।

धनुषाको हरैयाका भरोसी महराले भने, ‘केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच/सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गर्थ्याे, त्यो बेला मिथिला क्षेत्रमा लोक नाच प्रसिद्ध थियो तर अहिले यी मौलिक नाचहरु लोप हुँदै गएको छ।’

उनको नाच कम्पनी पनि बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकारहरु रोजगारीका लागि मलेसिया, साउदी अरब, कतार लगायतका खाडी मुलुक तथा छिमेकी देश भारततर्फ पलायन भएका छन्।

नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथीहरु रागेजारीका लागि भारतको पञ्जाब र लुधियाना गइसकेको र आफूले पनि भारत तिरै जाने सोच बनाएको धनुषाकाे हरिहरपुरका दिलीप महराले बताए।

सिडी चक्का र मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोक नाच मञ्चन गर्ने कम्पनीहरु विस्थापित हुन थालेको अनुभव सुनाउँछन् कुनै बेला नाच कम्पनीको जिम्मेवारी बहन गरेका धनुषाको किसानपुरका राम लोचन पासवान।

उनले भने, ‘ऐतिहासिक नाचहरु लोप हुन थालेपछि धुनषा जिल्लामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भएको छ।’

विगतमा ठूलो नाम कमाएका नाच कम्पनीहरु बन्द भएपछि त्यसमा संलग्न करिब पाँच हजारभन्दा बढी कलाकारहरु बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका बताइन्छ।

मिथिला क्षेत्रका ग्रामीण इलाकाहरुमा लोकप्रिय रहेका यस्ता लोक नाचहरु खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्वका बेला लोक गराउने परम्परा रहेकामा पछिल्लो समय करिब दश प्रतिशत जति विवाहको बेलामा ग्रामीण क्षेत्रमा मात्र यस्ता लोक नाचहरुको माग आउने गरेको महोत्तरीको समिरदहीका रामजिवन  सदाले बताए। वर्षमा एक/दुई पटकमात्र लोक नाच हुने गरेकाले कलाकारहरु रोजगारीको खोजीमा पलायन भएको उनको भनाइ छ।

ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोक नाचहरु लोप हुन लागेकामा संस्कृतिविद्हरु समेत चिन्तित बनेका छन्। संस्कृतिविद् पूर्वप्राध्यापक योगेन्द्र मण्डलले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरको रुपमा रहिआएका लोक नाचहरु लोप हुनु दु:खद भएको बताए। उनले यस्ता लोक नाचहरुको संरक्षणमा सरकारको तर्फबाट उचित कदम चालिनुपर्ने धारणा व्यक्त गरे।

मिथिला क्षेत्रसँग जोडिएको ठाउँहरुमा पल्लवित र पुष्पित यस्ता लोक नाचको संरक्षण र सम्वर्द्धनमा ध्यान नदिइए मिथिला संस्कृतिहरु हराउँदै जाने भएकाले सरकारले स्थानीय निकाय मार्फत बजेटको व्यवस्था गरिदिन कलाकारहरुले माग गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्