पाँचथर– आफ्नै नातिनीलाई पटक–पटक करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।
पाँचथर जिल्लाका ५८ वर्षीय एक पुरुषले आफ्नै १२ वर्षीया नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कसैलाई भनेमा मार्ने धम्की दिइ बालिकालाई त्रासमा पार्दै करणी गर्दै आएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए।
उनीमाथि मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।