काठमाडाैं- पुस तेस्रो सातादेखि फैलिएको मौसमी फ्लु (रुघाखोकी र ज्वरो)ले हुम्लाको चंखेली गाउँपालिका ६ मासिधारा गाउँमा पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ का ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की, ४५ वर्षीय मदन शाही, ५० वर्षीया जुनकला शाही र ६० वर्षीया प्याउरी शाही रहेका छन्।
गाउँमा फैलिएको मौसमी फ्लुका बिरामी बढेको बताइएकाे छ। जिल्ला अस्पताल हुम्लामा दैनिक ४०-५० जना बिरामी उपचारका लागि आउने गरेका छन्।
माैसमी फ्लु फैलिएपछि कर्णालीकाे सामाजिक विकास मन्त्रालयले विशेषज्ञ चिकित्सकसहितकाे टाेली पठाउन लागेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।