काठमाडौं- नेपाल-भारतलगायत अन्य मुलुकमा बसोबास गर्ने सबै वर्ग, धर्म, समुदाय र जातिका कुलदेवताको प्रतिमा र मन्दिरसहितको कुलदेवता धाम निर्माण, संरक्षण र प्रवर्द्धन अभियानको घोषणा गरिएको छ। सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकास्थित नाढी ताल ५ बिघा जग्गामा उक्त कुलदेवता धाम निर्माण गर्ने अभियान जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो।
सामाजिक संस्था भोरले पहिलो दशक (२००९ – २०१९) पुरा गरी दोश्रो दसक (२०२० – २०३०) शुरु गरेको अवसरमा यो अभियान घोषणा गरेको हो।
सम्मेलनमा संस्कृतिविद् तथा वरिष्ठ साहित्यकार डा. रामभरोश कापरी, कलाकार माया पौडेल, अब्दुल अजिज, धामी राम नारायण शाहको उपस्थिति अभियान घोषणा गरिएको हो। भोरले आफनो दोश्रो दसकमा शुरु गरेको तीन अभियान अन्तर्गत यो अभियान घोषणा गरिएको अध्यक्ष राजकुमार महतोले जानकारी दिए। भोरले अभियन्ता सम्मेलन र सोहजन समेत संचालन गर्ने भएको छ।
सबै वर्ग, धर्म, समुदाय र जातिले पुस्तौंदेखि पुज्दै आएका कुलदेवता एकैस्थानमा निमार्ण हुनु महत्वपूर्ण हुने सरोकारवालाको भनाइ छ। धार्मिक सहिष्णुता, जातीय सद्भाव, सामाजिक एकता वृद्धिमा उल्लेखनिय योगदान गर्ने अपेक्षा गरिएको उक्त कुल देवता धाम निर्माण निकै प्रसंशनीय पहल रहेको नेपाल पत्रकार महासंघ, धनुषाको अध्यक्ष अनिल मिश्रले बताए।
हिन्दू-मुस्लिम तथा अन्य धर्मका धार्मिक मुर्ति र मन्दिर एकै स्थानमा बनाउने कुल देवता धामले समाजमा विध्यमान नकारात्मक सोच र मानसिकतालाई सकारात्मक दिशा तर्फ लाने विश्वास अब्दुल अजिजले बताए।
आर्किटेक इन्जिनियर, भिएफएक्स डिजाइनर तथा अन्य प्राविधिकहरुको संलग्नतामा कुलदेवता धामको विस्तृत डिजाइन, नक्सा र डिपिआर तयार गरिने अध्यक्ष महतोले जानकारी दिए। अगामी ६ महिना भित्र कुल देवता धामको डिपिआर तथा विस्तृत बजेट र डिजिटल डिजाइन तयार भई सक्ने योजना रहेको अध्यक्ष महतोको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।