काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपाली क्रान्तिको आफ्नै मौलिकता भएको नेपकाका अध्यक्ष दाहालको भनाइ, नेपालमा भएको क्रान्ति कम्युनिस्टको नेतृत्वमा पुँजीवादीहरुलाई सहभागी बनाइ भएको उल्लेख ।
२) सभामुखमा सापकोटाको उम्मेदवारीप्रति अन्तर्रा्ष्ट्रिय अधिकारवादी संस्थाको आपत्ति, ’पीडितका सरोकारलाई फेरि पनि लत्याइयो, सङ्क्रमणकालीन न्यायका दुई आयोगमा आयुक्त नियुक्तको निर्णयप्रति पनि संस्थाहरुको चासो ।
३) विभिन्न कार्यक्रम गरी तामाङ समुदायले मनाए सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष, सुँगुर वर्षको विदाई र मुसा वर्षको स्वागत ।
४) ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्डस् क्लबविरुद्ध संकटाको जित, अर्को खेलमा एनआरटीविरुद्ध आर्मीको बराबरी, ८ खेलमा १७ अंकसहित आर्मी नै शीर्ष स्थानमा ।
५) र, कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको सङ्ख्या बढेर ४१ पुग्यो, १ हजार २ सय ८७ सङ्क्रमित, वुहान शहरमा छ दिनभित्र नयाँ अस्पताल बनिसक्ने चीनको दाबी ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।