बक्सअफिसमा कमाल गरिरहेको अभिनेता अजय देवगन स्टारर ‘तानाजीः द अनसंग वारियर’ दुइ सय करोड क्लबमा इन्ट्री भएको छ।
बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्मले २४ जनवरी अर्थात् शुक्रबारमात्रै ५.३८ करोडको बिजनेस गर्दै आफ्नो कुल कलेक्सन २०२.८३ करोड पु-याएको हो। योसँगै तेश्रो हप्तामा चलिरहेको यो फिल्म दुइ सय करोडमा इन्ट्री हुने सन् २०२० को पहिलो फिल्म बनेको छ। अजयले पनि यो फिल्मलाई सन् २०२० को ब्लकबस्टर हिट फिल्म बनाइदिएकोमा आफ्ना प्रशंसकलाई धन्यवाद दिएका छन्।
यो फिल्ममा अजयले तानाजी मलुसरेको भूमिकामा काम गरेका छन्। फिल्ममा अजयका अलावा काजोल तथा सैफअलि खानको प्रमुख भूमिका रहेको छ।
ओम राउतले निर्देशन गरेको यो फिल्म १५० करोड भारुको लागतमा तयार भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।