बैतडी- सुर्नया गाउँपालिका २ सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका ६ मनहेरा घर भएका चालक २६ वर्षीय दिलकुमार चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराति से२त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।
ट्याक्टर सडकबाट करिब २५ मिटर तल खसेको छ। सतबाँझबाट खोचलेकतर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। ट्याक्टर दुर्घटनाकाे खबर शनिवार बिहानमात्रै आएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।