एजेन्सी- इरानले गरेकाे आक्रमणमा परी ३४ जना अमेरिकी सैनिककाे टाउकाेमा चाेट लागेकाे छ।
इराकी बेसमा इरानले गरेकाे आक्रमणमा परी ३४ अमेरिकी सैनिकको टाउकोमा चोट लागेको छ, पेन्टागनले भनेको छ। एक प्रवक्ताका अनुसार १७ जवानलाई स्वास्थ्य निगरानीमा राखिएको छ।
जनवरी ८ मा इरानी आक्रमण पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा कुनै अमेरिकीलाई चोट नलागेको बताएका थिए। अमेरिकी ड्रोन हमलामा कमाण्डर जनरल कासिम सुलेमानी मारिए पछि इरानले बदलामा यो आक्रमण गरेकाे थियाे।
ट्रम्पले भनेका थिए, 'कुनै नोक्सान भएकाे छैन, त्यसैले इरानविरुद्ध जवाफ कारवाही हुँदैन। यद्यपि, गत हप्ता पेन्टागनले उक्त आक्रमणमा ११ सैनिकको उपचार भइरहेको बताएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।