जनकपुर- बलात्कारपछि हत्या गरिएकी धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर मरधरकी रेश्मा रसाइली (दुतिया)का पिता देवनारायण रसाइलीलाई पूर्व यातायातमन्त्री रघुवीर महासेठले नवनिर्मित भवन हस्तान्तरण गरेका छन्।
मिथिला नगरपालिका- ३ हरिरपुरका देवनारायणलाई महासेठले एक कार्यक्रमबीच शुक्रबार चाबी दिँदै घर हस्तान्तण गरेका हुन्। भवन निर्माणमा महासेठले व्यक्तिगत १ लाख, मिनपा, सहरी विकास डिभिजन कार्यालय जनकपुर, समाजिक अभियन्ता सरोज यादव र दाह्री ग्याङ्ग समूहलगायत स्थानीय संघ संस्थाले आर्थिक तथा भवन निर्माण सामग्री सहयोग गरेका थिए।
बोल्न नस्कने ९ बर्षिया रेश्मालाई २०७५ फागुन १ गते बलात्कारपछि ज्युँदै जलाएर हत्या गरिएको थियो। बलात्कार तथा हत्यमा संलग्न अभियुक्त अहिले जेल सजाय काटिरहेका छन्।
बलात्कारपछि घाँटी थिची हत्या गरेर जलाएको आरोपमा प्रहरीले बटेश्वर गाउँपालिका–४ बैगाली टोलमा बस्ने २२ वर्षीय निरज जर्घामगरलाई गिरफ्तार गरी फागुन ७ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे थियाे। मगरले बोल्न नसक्ने रेश्मालाई फ्रुटी र चाउचाउको लोभ देखाइ फाकाएर उखुबारीमा बलात्कारपछि हत्या गरेको बयान दिएका थिए।
पूर्वमन्त्री महासेठले आपराधी कृयाकलाप हुन नदिन गाउँमा प्रहरी चौकी छिटै स्थापना हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।