ब्रसेल्स- युरोपियन आयोग र युरोपियन काउन्सिलका अध्यक्षहरु अर्थात ब्रसेल्सका दुई शीर्ष अधिकारीहरुले युरोपिन युनियनबाट बेलायतको बहिर्गमन हुनेसम्बन्धी ब्रेक्जिट सम्झौतामा शुक्रबार हस्ताक्षर गरेका छन्।
उर्सुला भोन डर लेन र चाल्स मिचेलले हस्ताक्षर गरेको सो औपचारिक दस्ताबेज अनुमोदनका लागि अब जनवरी २९ मा बस्ने युरोपेली संसदमा पठाइने भएको छ।
त्यसपछि अर्को हप्ता बिहिबार इयू सदस्य राष्ट्रहरुका कूटनीतिज्ञहरूले जनवरी ३१ को मध्यरातमा बेलायतको अर्ध बिदाइ सुनिश्चित गरी लिखित रुपमा सम्झौता स्वीकृत गर्ने छन्।
एक ट्वीटमा, मिचेलले‚ ‘परिस्थितिहरु अपरिहार्य रूपमा परिवर्तन हुनेछ तर हाम्रो मित्रता कायमै रहनेछ र हामी साझेदार र सहयोगीहरूको रूपमा नयाँ अध्याय सुरू गर्नेछौं‚’ भनेका छन्।
यो सम्झौतामा हस्ताक्षर गरिएको कुरा उनले आफ्नो ट्वीट अकाउन्टमार्फत जानकारी गराएका हुन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।