काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१)साझाबाट ब्याजसहित ३ अर्ब फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय ‘अवैध’, शेयर लगानीको रकम बिक्री गरेपछि मात्र आउँछ पैसा, कसरी दिने सरकारलाई सोध्न साझा सहकारीका अध्यक्ष दीक्षितको भनाइ ।
२)एक महिनापछि नेपाली कांग्रेसभित्रको विवाद अन्त्य, १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने पूर्व निर्णयलाई अनुमोदन, नेविसंघमा ७ महामन्त्री हुने ।
३)प्रहरीकै एसएसपीमाथि ३ महिला प्रहरीलाई यौनशोषण गरेको आरोप, डेढ वर्षदेखि दराजमै थन्कियो उजुरी, प्रहरी निरीक्षणालय भन्छ– ‘यस्ता उजुरी धेरै आउँछन्, अहिले यत्तिकै राख्नु’ ।
४)पाँचौँ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला भलिबलको उपाधि एपिएफलाई, न्यू डायमन्ड क्लब ३–१ ले पराजित, प्रतिभा माली घाइते हुँदा न्यु डायमन्डलाई कठीन ।
५) र,शक्तिशाली सिया धर्मगुरु मुक्तादा अल–सद्रको आह्वानमा अमेरिकी सेना फिर्ताको माग गर्दै हजारौं इराकी सडकमा, अमेरिकी दूतावास भएको ग्रिन जोन क्षेत्रमासमेत विशेष सुरक्षा सतर्कता ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।