वीरगञ्ज- वीरगञ्ज महानगरपालिकामा अहिलेसम्मको मतगणनामा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ।
दिउँसो साढे ३ बजेको अपडेट अनुसार संघीय फोरमका मेयर उम्मेदवार विजय सरावगी १० हजार ६ सय ६२ मतसहित अगाडि छन् । सरावगीले कांग्रेसको अग्रता तोड्दै आइतबार बिहानदेखि लगातार अग्रता लिइरहेका छन्।
शनिबार दिनभर भने कांग्रेसले पकड जमाएको थियो । अहिले संघीय फोरमपछि दोस्रो क्रममा रहेको कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १० हजार ५ सय ८७ मत ल्याएका छन् । यस्तै राजपा तेस्रो स्थानमा छ।
वीरगञ्जको ४९,३०३ मत गणना हुँदा ताजा स्थिति:
मेयर/उपमेयर
संघीय समाजवादी १०६६२/१००६०
कांग्रेस १०५८७/१२१३०
राजपा ७४९३/६४९५
एमाले ५३६१/६६४०
माओवादी केन्द्र ५०३६/३२७१
लोकतान्त्रिक फोरम ४३३६/३५५८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।