राजविराज– जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा करारमा कार्यरत अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ का २८ वर्षिय केशवकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालयमा रहेको मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग पैसा माग गरिरहेको उजुरीपछि यादवलाई अख्तियारले निगरानीमा राखेको थियो। बिहीबार सेवाग्राहीसँग ४ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।