काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) साझालाई दिएको ३ अर्ब सरकारले लियो ब्याजसहित फिर्ता, पुससम्मको ब्याज आम्दानी साढे १४ करोड, नयाँ प्रक्रियाबाट बस किन्ने जिम्मा भौतिक मन्त्रालयलाई ।
२) राष्ट्रियसभा निर्वाचनमा १८ सदस्यका लागि भएको मतदान सकियो, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्चस्व, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार पराजित ।
३) बलात्कार आरोपमा मुद्दा खेपिरहेका सिद्धबाबा उच्च अदालत परिसरबाटै फरार, अंगरक्षक हवल्दार र गाडी फर्काएर जोगबनी नाकाबाट भारत पसे ।
४) ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेलसँगको हारले रेलिगेसनको डरमा एपीएफ, हिमालयन शेर्पालाई हराउँदै तेस्रो स्थानमा उक्लियो थ्री स्टार, लिगमा १०० गोल पूरा ।
५) र, कोरोना भाइरसका कारण चीनमा १७ जनाको मृत्यु, वुहान नगरमा सबै उडान, रेल तथा बस सेवा बन्द, वुहानका नागरिकलाई जरुरी काम नभई सहर नछाड्न निर्देशन ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।