कञ्चनपुर- टिप्परको ठक्करबाट युवतीको मृत्युभएपछि कञ्चनपुर तनावग्रस्त बनेको छ।
बिहीबार अपराह्न जिल्लाको महेन्द्रनगर, चम्मन चोकमा से १ क ८८७ नम्बरको टिप्परले ठक्कर दिँदा एक युवतीको घटना स्थलमै मृत्यु भएपछि तनावग्रस्त बनेको हो।
मृत्यु भएकी युवतीको सनाखत नभएको प्रहरीले जनाएको छ। घटना लगत्तै चालक फरार भएको प्रहरीले जनाएको छ।
ट्राफिक कार्यालयभन्दा ५ सय मिटर पश्चिमतर्फ भएको घटनामा चालकको लापरबाही देखिएको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।