विराटनगर– बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको छ। धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश बदर गर्दै उच्चले आदेश उल्टाएको हो ।
बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरेको हो। गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिएका छन्।
१४ पुसमा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थियो। सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पुर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।