जनकपुर– जनकपुरधाम उपमहानगरपालिकामा गत पुस २२ गते पत्रकारमाथि कुटपिट भएको विरोधमा बिहीबार जनकपुरका पत्रकारहरुले राष्ट्रियसभा निर्वाचनको समाचार कालोपटटी बाँधेर संकलन गरेका छन् ।
उक्त घटनाको विरोधमा आन्दोलनस्वरुप नेपाल पत्रकार महासंघले संघर्ष समिति गठन गरेको छ।
समितिले पत्रकार कुटपिटका दोषीमाथि कारबाही नभएको भन्दै गत माघ ७ गतेदेखि नै कालोपट्टी बाँधेर बिरोध जनाउँदै आईरहेका छन्। त्यसैक्रममा उनीहरुले निर्वाचनमा समेत कालोपट्टी बाँधेर समाचार संकलन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय र उपमहानगरबीच भएको ९ बुँदे सहमति पश्चात पनि दोषीहरुलाई कानुनी दायरामा नल्याइएकाले शान्तिपूर्ण रुपमा विरोध गर्नु परिरहेको नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णले बताए ।
प्रेस स्वतन्त्रता एवं सूचनाको हकको प्रत्याभूति नभएसम्म बिरोध जारी राख्ने महासचिव कर्णले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।