• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिँदै सरकार (मन्त्रिपरिषद्का ३२ निर्णयसहित)

64x64
नेपाल लाइभ बिहीबार, माघ ९, २०७६  १५:४२
1140x725

काठमाडौं– सरकारले विद्युतीय बस किन्न साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यो जानकारी दिएका हुन्। 

यी हुन् मन्त्रिपरिषद्का ३२ निर्णय

१. राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी मापदण्ड, २०७६ स्वीकृत गरिएको छ।

२. मालवस्तुको वर्गीकरण तथा उत्पत्ति विषयको पूर्वादेश जारी गर्ने सम्बन्धी विषयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

३. विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि सम्पूर्ण आर्थिक, प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री शोभाकान्त पौडेल (रा.प. प्रथम श्रेणी) लाई कार्यकारी निर्देशकसमेतको काम तोकिएको छ ।

४. सुनकोशी मरिन डाइभर्सन बहुद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडी बढाउन स्वीकृति प्रदान गर्ने र सो आयोजनाका लागि स्रोत सुनिश्चित गरी शीघ्र कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

५. मस्र्याङ्दी कोरिडोर २२० के.भी प्रसारणलाइन आयोजनाबाट निर्माण हुने प्रसारणलाइनका दाँया बायाँ १५/१५ मिटर गरी ३० मिटर तथा सोलु कोरिडोर १३२ के.भी प्रसारणलाइन आयोजनाबाट निर्माण हुने प्रसारणलाइनका दाँया बायाँ ९/९ मिटर गरी १८ मिटरभित्र पर्ने निजी आवादी जग्गा र सो भित्र रहेका घर, टहरा, अन्य भौतिक संरचना तथा रूखविरूवासमेतको मूल्यांकन गरी क्षतिपूर्ति निर्धारण गर्नका लागि क्षतिपूर्ति निर्धारण समितिको अध्यक्षमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र विशेषज्ञ सदस्यमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सिडिई कल्पमोहन सोतीलाई तोक्ने निर्णय गरिएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

६. बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्षमा गणेश दत्त भट्ट, डडेल्धुरा; सदस्यमा प्रचण्डराज प्रधान, काभ्रेपलान्चोक; डा. गोविन्द गौतम, दाङ; मन दाहाल, मोरङ्ग र विष्णु पोखरेल, बर्दिया तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी, भोजपुर; सदस्यमा विश्वप्रकाश भण्डारी, चितवन; गंगाधर अधिकारी, बागलुङ्ग; सुनिलरञ्जना सिंह, सर्लाही र सरिता थापा, तनहुँलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

७. तेह्रथुम जिल्लामा कम्युनिष्ट पार्टीको सदस्यका रूपमा गतिविधि सञ्चालन गर्ने क्रममा पक्राउ परी २०१९ कात्र्तिक २९ गते प्रहरीको गोली लागि हत्या भएका स्व. नेत्रप्रसाद गुरागाईँको योगदानको कदर गर्दै निजलाई राष्ट्रिय सहिद घोषण गर्ने निर्णय गरिएको छ ।
८. नेपाल सरकारको स्वामित्वमा रहेको बोन (जर्मनी) स्थित घरजग्गा विक्री प्रक्रिया अघि बढाउन संघीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूतलाई अख्तियारी प्रदान गरिएको छ।

९. तिब्बतका विभिन्न स्थानमा परम्परागत रूपमा बस्दै आएका नागरिकताविहीन हस्तलिखित राहदानीबाहक नेपालीहरूलाई राहदानी जारी गर्न स्वीकृति दिइएको छ।

१०. पश्चिम एसियामा विकसित घटनाक्रमहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालयको सम्बन्धित महाशाखाले निरन्तर सूचना÷जानकारी लिई समीक्षा/मूल्यांकन गर्ने र सम्बन्धित मन्त्रालय÷निकायहरूसँग समन्वय गरी आवश्यकतानुसार उपयुक्त कार्य गर्ने निर्णय गरिएको छ । यसका लागि सम्बन्धित महाशाखाका अधिकृत कर्मचारीलाई कार्य जिम्मेवारी तोकिएको छ । उल्लेखित घटनाक्रमहरूका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली राजदूतावासहरूलाई विशेष ध्यान दिएर काम गर्न निर्देशन दिने निर्णय गरिएको छ। त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त क्षेत्रमा रोजगारीमा रहेका नेपाली श्रमिकहरूको अवस्थाका बारेमा निरन्तर सूचना÷जानकारी लिने र आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ।

Xtrem

Xtrem

११. नेपाल र बहराइन सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरिएको छ।

१२. नेपाल र लेबनान सरकारका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरिएको छ।

१३. मन्त्रिपरिषद्को २०७६ जेठ ६ गतेको निर्णयबमोजिम गठित जाँचबुझ आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा देहाय बमोजिम गर्ने निर्णय गरिएको छ–
क) प्रतिवेदनमा उल्लिखित गुठी जग्गा गुठीकै नाममा कायम गर्ने विषयमा आवश्यक कारवाही गर्नका लागि गुठी संस्थान ऐन, २०३३ को दफा ५२ बमोजिम गुठी संस्थानलाई निर्देशन दिने
ख) प्रतिवेदनले सिफारिस गरेबमोजिम विभिन्न जिल्लाका जग्गा रोक्का राखी व्यक्तिविशेषका नामबाट बदर गरी नेपाल सरकारको नाममा प्रचलित कानून बमोजिम कायम गर्न आवश्यक कारवाही अगाडि बढाउने
ग) प्रतिवेदनमा उल्लिखित कीर्ते गरिएको र ठगी भएको विषयमा अनुसन्धान गरी आवश्यक कारवाही गर्न गृह मन्त्रालयमार्फत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिने
घ) जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित भ्रष्टाचार सम्बन्धमा अनुसन्धान गरी आवश्यक कारवाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा लेखी पठाउने
ङ) उपरोक्त बमोजिम कार्यहरू गरी सम्बन्धित निकायले प्रगति विवरण ३÷३ महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गर्ने

१४. जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा श्रम ऐन, २०७४ को दफा २२ बमोजिम २६ जनासम्म विदेशी दक्ष श्रमिक नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्दान्तिक स्वीकृति दिइएको छ ।

१५. मन्त्रिपरिषद्को २०७६ असार २४ र २०७६ असार २९ को निर्णयानुसार साझा यातायत सहकारी संस्था लिमिटेडलाई तीन सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्ने जिम्मेवारीसहित उक्त संस्थामा नेपाल सरकारका तर्फबाट शेयर लगानी बापत रू. ३ अर्ब प्रदान गरी कार्य अगाडी बढाइएकोमा उक्त संस्थाले निर्धारित समयभित्र ती बसहरू सञ्चालन गर्न नसकेको हुँदा नेपाल सरकारले साझा यातायत सहकारी संस्था लिमिटेडमा शेयर बापत लगानी गरेको रू. ३ अर्व र सो रकम उक्त लिमिटेडलाई उपलब्ध गराइएको मितिदेखि हालसम्मको ब्याज रकमसमेत नेपाल सरकारको नाममा फिर्ता लिने निर्णय गरिएको छ ।
त्यसैगरी नेपाल सरकारको २०७५ पुस ९ को निर्णयानुसार वातावरणमैत्री विद्युतीय बसको प्राविधिक विवरण र लागत अनुमान एवं विद्युतीय बस आपूर्तिका लागि शर्तसमेत तयार गरी नयाँ विद्युतिय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको छ । नेपाल सरकारका तर्फबाट उक्त कार्यका लागि रू ३ अर्व अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई उपलब्ध गराउनेछ ।

१६. विभिन्न ४५ पदहरूको २२६ दरबन्दीमा औचित्य र आवश्यकता अनुसार प्रतिस्पर्धात्मक प्रक्रियाको माध्यमबाट नेपाल रेल्व कम्पनीका लागि करारमा कर्मचारी भर्ना गर्न सैद्दान्तिक स्वीकृति प्रदान गरिएको छ ।

१७. प्राविधिक प्रमुख सेनानी इन्दीवर गुरूङ्गलाई प्राविधिक महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।

१८. नेपाली सेनाका सहायक रथी जीत बहादुर गुरूङ्ग र महासेनानी अजय राईको राजीनामा स्वीकृत गर्ने निर्णय गरिएको छ ।

१९. नेपाली सेनाका प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीसमेत ७ जना रथीवृन्द तथा ९ जना महासेनानीहरूको सरूवा गर्ने निर्णय गरिएको छ ।

२०. प्रवद्र्धक सेन्चुरी इनर्जी प्रा.लि.लाई हाँडी खोला (सुनकोशी ए) साना जलविद्युत आयोजना (९९७ कि.वा.) निर्माण गर्नका लागि गौरिशंङ्कर संरक्षण क्षेत्रभित्रको १.२०७७ हेक्टर राष्ट्रिय वन÷सरकारी वन प्रयोग गर्न र त्यहाँ रहेका रूखविरूवा हटाउन स्वीकृत दिइएको छ ।

२१. कमाने (हेटौंडा) रिद्धिसिद्धि ३३ के.भी. प्रसारणलाईनको ROW सहित केही पोल संरचना÷टावरहरूको निर्माणकार्य गर्न मकवानपुर जिल्लाको हेटौंडा नगरपालिका–१५ मा रहेका चित्रेपानी, रातामाटे र संसारीमाई सामुदायिक वनलगायतको १.१४२२ हेक्टर राष्ट्रिय वन प्रयोग गर्न र त्यहाँ रहेका रूखविरूवा हटाउन स्वीकृति दिइएको छ।

२२.युरोपियन युनियन एभियसन सेफ्टी एजेन्सी (EASA) र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच एभियसन सेफ्टी विषयक समझदारीपत्रमा हस्ताक्षर गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्वीकृति दिइएको छ।

२३. नेपाल वायुसेवा निगमका सञ्चालक एवं कार्यकारी अध्यक्ष श्री मदन खरेलले २०७६ माघ १२ गतेदेखि लागू हुने गरी निगमको कार्यकारी अध्यक्षसहित सञ्चालक सदस्य पदबाट दिएको राजीनामा स्वीकृत गर्ने र रिक्त रहन आएको सञ्चालक सदस्य पदमा मन्त्रालयका सचिवलाई तोक्ने निर्णय गरिएको छ ।

२४. लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको एक्सत्रेमादुरा प्रदेशस्थित Caceres City Council बीच भगिनी सम्बन्ध कायम गर्न स्वकृति दिइएको छ ।

२५. विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रको ७४ औं बैठक आगामी २०२१ को सेप्टेम्बरमा नेपालमा आयोजना गर्न स्वीकृति दिइएको छ।

२६. बुटवल उपमहानगरपालिकास्थित डिभिजन सडक कार्यालय, हेभी इक्विपमेन्ट डिभिजन कार्यालय र आन्तरिक राजस्व कार्यालयको भवन प्रदेश सरकार, प्रदेश नं ५ को सरकारी कार्यालयहरूको उपयोगका लागि उपलब्ध गराउने निर्णय गरिएको छ ।

२७. सैनिक प्राड सेवा (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ।

२८. सैनिक विविध सेवा (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ।

२९. सैनिक हवाई सेवा (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ।

३०. सामाजिक सुरक्षा नियमावली, २०७६ स्वीकृत गरिएको छ।

३१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ स्वीकृत गरिएको छ।

३२. वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली, २०७६ स्वीकृत गरिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्