बलिउड स्टार शाहरुख खानले सामाजिक सञ्जाल ट्विटरमा ह्यासट्याग राखे #asksrk ।
उनले प्रश्नको संख्या तोकिदिएका थिए मात्र २०। उनले तोकेको संख्याभित्रै केही यस्ता प्रश्न पनि आए जसबारे उनी मौन नै रहे, उत्तर दिएनन्।
उनी मौन रहेका प्रश्नहरु अहिले भारतमा चलिरहेको नागरिकता विधेयक अनी जवाहरलाल विश्वविद्यालयमा विद्यार्थीमाथि दमनबारेका थिए। उनको करिअर अनी फिल्म सम्बन्धी सोधिएका प्रश्नको भने उनले खुलेर उत्तर दिएका थिए। ट्विटरमा साहरुखसँगको सवाल–जवाफ यस्तो थियो :
–तपाईंको आगामी योजनाबारे धेरै अफवाहहरु आइरहेका छन् । प्लिज यसबारे आफैंले केही भनिदिनुस् न ।
शाहरुख : मै अनाउन्स गर्छु, अरु कसले अनाउन्स गर्छ र मेरो भाइ।
–हरेक फिल्ममा कसरी आफ्नो आवाज बदल्नुहुन्छ ?
शाहरुख : धन्यवाद। मै सधैं आफ्नो तर्फबाट उत्कृष्ट गर्ने प्रयास गरिरहेको हुन्छु । तर सधै सफल हुन सक्दिनँ। हाम्रो भ्वाइस बक्स कमालको टुल हो। यसलाई कसरी नियन्त्रणमा राख्ने यो सिक्न जरुरी छ।
–अहिले जस्तो प्रख्यात नभएको भए के गर्नुहुन्थ्यो ?
शाहरुख : म अहिले घरमा जे गरिरहेको हुन्छु त्यहीँ गर्थे । प्रख्यात हुनु जागिर हैन। यो तपाईको कामको उत्पादन मात्र हो।
–हामी जुन स्थानबाट आएका हुन्छौ त्यसले हामी के बन्यौ भन्ने देखाउँछ ?
शाहरुख : मलाई लाग्छ तपाईको मुटु र दिमागको बीचमा केही स्थान हुन्छ । त्यसले बताउँछ कि तपाईं के बन्नुभयो ।
–अबरामबाट तपाईले के सिक्नुभयो ?
शाहरुख : जव उदास र भोकै भइन्छ त्यो बेलामा आफ्नो भिडियो गेम खेल्दै थोरै रोइदिए पुग्छ ।
–यो दशकमा के गर्न जाँदै हुनुहुन्छ ?
शाहरुख : मैले यो दशक आफ्नो जिन्दगीको उत्कृष्ट फिल्मका लागि जोगाएर राखेको छु।
– रसायन शास्त्रको विद्यार्थीलाई कुनै सल्लाह ?
शाहरुख : प्लिज यो प्रश्न सुस्मिता सेनलाई सोध्नुस् ।
–मन्नतमा एउटा कोठा भाडामा चाहियो ।
शाहरुख : ३० वर्षको मेहनत चाहिन्छ ।
Chalo ek #AskSrk ho jaaye. Like only 20 Questions...then I have to go and face myself...and maybe shave too.
— Shah Rukh Khan (@iamsrk) January 22, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।