पोखरा– पोखराको लेकसाइडमा रहेको होटल एडममा बसेका विदेशी पर्यटकको मृत्यु भएको छ।
उक्त होटलमा चैत ११ गतेबाट बस्दै आएका जर्मनीका नागरिक अर्नेस्ट लुड्वीग ड्रेगरको मुटु सम्बन्धी समस्याका कराण मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी बिरामी परेपछि उनका उपचाका लागि अस्पतालमा लगिँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
जर्मनीको दूतावाससँग सम्पर्क गरी शवलाई पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।