काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङले हातपात गरेका छन्। 
मंगलबारदेखि सुरु भएको प्रथम मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङमाथि हातपात भएको हो।
मनाङको प्रतिनिधित्व गर्दै टिम लिएर पोखरा महानगरपालिका–२९ स्थित लेखनाथ भण्डारढिक खेल मैदान पुगेका सांसद मनाङले खेलाडीलाई बस्ने व्यवस्था नमिलाएको भन्दै अध्यक्ष गुरुङसँग विवाद भएको थियो।
सोही विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष गुरुङमाथि सांसद् मनाङेले हातपात गरेका हुन्।
मनाङले आफ्नो खेल सुरु हुनु अगावै खेलाडी पोखरा ल्याएको भन्दै त्यसको व्यवस्थापन गर्न नसकिने एन्फा अध्यक्ष गुरुङले बताएका थिए।
सोही विषयलाई लिएर आफूमाथि हातपात भएको उनको आरोप छ।
मंगलबारबाट सुरु भएको गण्डकी प्रदेश स्तरीय कपमा ११ जिल्ला मध्येबाट ९ टिमको सहभागिता छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।