काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगिनी यशोदा सुवेदीको निधनप्रति दुःख प्रकट गरेका छन्।
प्रधानमन्त्री ओलीले ट्विटमार्फत शोक सन्देश जारी गर्दै सुवेदीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
'कलाकार मदनकृष्णको सफल कलायात्रा र समाजसेवाकी अनन्य सहयोगी स्वर्गीय सुवेदीप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु', उनले ट्विटमा भनेका छन्, 'शोकमा पर्नुभएका मदनकृष्ण र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'
६७ वर्षीया सुवेदीको सोमबार राति निधन भएको थियो। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।