• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन ३, २०८२ Sun, Feb 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘कसरी मर्न दिऊँ छोराछोरीलाई?’

64x64
नेपाल लाइभ सोमबार, माघ ६, २०७६  ०६:४५
1140x725

जनकपुर– ७० वर्षीया धनमाया बम्जन राति झँल्यास्स–झँल्यास्स ब्युँझन्छिन्। कटेरामा राखिएका दुई सन्तान सुकुमाया र मानबहादुर कसरी सुतिरहेका होलान् भन्ने लाग्छ। अनि टर्चको उज्यालोले हेर्छिन् उनीहरुलाई। 

बाहिर शितलहर छ। छोराछोरीलाई जाडो भएजस्तो लाग्छ। अनि आफ्नै सारी ओढाउँछिन्। 

भारी मन लिएर फेरि ओछ्यानतिर फर्कन्छिन् सुत्न।

निद्रा त के लाग्छ र? ओछ्यानमा पल्टिन्छिन् मात्र।

धनमायाका ७२ वर्षका पति बादल बमजनको पनि उस्तै हाल छ। आफैं काम गर्न नसक्ने उमेरमा छन्। तर बाध्यता । २० वर्षदेखि आफ्ना अपांग छोराछोरीको दिनरात स्याहारसुसारमा खटिएका छन्। जतिसुकै उमेर भए पनि छोराछोरीको माया बाबुआमालाई कति हुन्छ, यी बमजन दम्पतिलाई हेरे हुन्छ। 

‘राति–राति उठेर टर्च लिएर यिनीहरूको सेवा गर्छु, आमा हुँ, कसरी मर्न दिऊ? मर्न दिन सक्दिनँ तर उपचार पनि गर्न सक्दिनँ,’ धनमाया भन्छिन्। 

धनमाया र बादलको पहिलो सन्तानको रुपमा जन्मिएकी थिइन् सुकुमाया। तर उनको मानसिक सन्तुलन गुमेपछि बमजन दम्पतिको दुःखको दिन सुरु भयो। छोरीको उपचारका लागि हरसम्भव प्रयास गरे। धामी झाँक्री, अस्पताल सबैतिर पुर्‍याए। तर छोरीलाई निको भएन। 

छोरीको उपचारमै भएको सबै सम्पत्ति सकियो। अनि, सिन्धुलीको रानीचुरीको घर, खेत, हल गोरु, बाख्रा सबै बेचेर उनीहरु थाँतथलो छाडेर तराई झरे– महोत्तरीको बर्दिबास ८ हात्तीलेटमा। 

Ncell 2
Ncell 2
बादल र धनमाया बम्जन दम्पति आफ्नो कटेरोअगाडि।

बादलले भने, ‘सम्पत्ति पनि सक्यो तर छोरी निको हुन सकिनन्, अहिले छोरी सुकुमाया ४५ वर्ष पुगिसकेकी छन् । उपचार गर्न नसकेपछि उनलाई २० वर्षदेखि एउटा कटेरोमा कोचेर राखेको छु ।’

धनमायाले सुरु सुरुमा छोरीलाई बाँधेर राख्थिन्। तर कत्ति बाँधेर राख्ने भन्ने लाग्यो। अनि कटेरोमा राख्न थालिन्। ‘अहिले त झन् उसको हालत देखेर रुनमात्र आउँछ,’ यतिभन्दै आँसु खसालिन् धनमायाले। 

उनीहरुको दुःखमा छोरा मानबहादुरको नियति पनि थपियो।

जन्मिँदा बोल्न नसक्नेमात्र थिए मानबहादुर। अन्य शारीरिक अवस्था ठीक थियो।  तर मानबहादुर पनि १२ वर्ष भएपछि हिँड्न नसक्ने भए। धनमायाले भनिन्, ‘त्यतिबेलासम्म बोल्न नसके पनि अरु काम सबै आफैं गर्थे, पछि हिँड्न नै नसक्ने भयो।’ 

दुवै सन्तान अशक्त हुँदा उनीहरुको उपचार गराउने आर्थिक हैसियत भएन बम्जन दम्पतिसँग। अनि कटेरोमा थुनेर राख्नुको विकल्प पनि भएन। 

अहिले मानबहादुर ३० वर्षका भए। सपना देख्छन् कहिलेकाहीँ– छोरो ठीक होस्, अलिकता भएपनि कमाइ गरोस्, त्यसो भयो भने कम्तिमा पनि परिवार चलाउन हुने थियो।’

तर, यी वृद्ध दम्पतिको सपना, सपनामै सीमित छ। 

तर आशा अझै मरेको छैन। ‘दुई सन्तानले उपचार पाएर आफ्नो ख्याल आफैँ गर्न सक्ने भए त्योभन्दा खुसी केही हुने थिएन,’ धनमाया भन्छिन्। 

बादलले सम्पत्ति सकिएपछि छोरी ठीक हुने आशामा ७ पटकसम्म ठाउँ सर्दै बसेको सुनाए । ‘अहिले बाँसको झिक्रा भिक्रीको टाँट लगाएको सानो झुपडी र छेउमा २ असक्त बिरामी छोराछोरीलाई राख्ने कटेरा बनाएको छु, यही हो हाम्रो सम्पत्ति,’ उनी भन्छन्।

छोरोछोरीको स्याहारसुसारमा दिन जाने भएकाले खान धौ–धौ छ उनीहरुलाई। तातो ओढ्ने–ओछ्याउने पनि छैन। यस्तो अवस्था भए पनि कतैबाट पनि सहयोग नपाएको उनीहरुको गुनासो छ। 

दुवै सन्तान पूर्ण अपांग भए पनि अपाङ्ग परिचयपत्र अहिलेसम्म उनीहरूले बनाउन सकेका छैनन् । पशु झैं दुई सन्तानलाई कटेरामा राखेर पाल्दासमेत स्थानीय सरकारले नदेखेझैं गरेको गुनासो दम्पतिको छ।

सामाजिक अभियन्ता नीलबहादुर लुम्रेले उनीहरूको उपचारको व्यवस्था मिलाउन र सहयोग गर्न स्थानीय सरकार चुकेको आरोप लगाए। उनले जेष्ठ नागरिक दम्पत्तीको आर्थिक अवस्था कमजोर भएकाले पशुको झैं जीवन बाँचिरहेका उनीहरूका सन्तान सुकुमाया र मानबहादुरको स्थानीय सरकारले उद्दार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनीहरूलाई संरक्षण गर्न उपचार पहिलो आवश्यकता भएको लुम्रेको भनाइ छ।

चिसो पीडितको नाम नगरमा पठाएको भए पनि उनीहरूले न्यानो ब्ल्यांकेटसमेत उनीहरूले सहयोग पाउन सकेका छैनन् ।

वडा ८ का अध्यक्ष शमसेरसिंह थिङले वडामा बजेट नभएकाले नगरले दिने न्यानोसमेत अहिले दिन नसकिएको स्वीकार गरे । गत पुसमा इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख सहितको टोली लगेर नागरिकता बनाइदिएको र आफूले उनीहरूको सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिरहेको थिङले जनाए।

वृद्ध दम्पतिले नागरिक समाज, मानव अधिकारकर्मी र सञ्चारकर्मीसँग छोराछोरीको उपचारमा सहयोग जुटाउन पहल गरिदिन अनुरोध गरेका छन् ।

मुख्य तस्बिरः अपांगता भएका छोराछोरी स्याहार्दै ७० वर्षीया धनमाया बम्जन।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘अब राज्य संरचना र नागरिक सुरक्षामा जोखिम दोहोरिन दिनु हुँदैन’ : गगन थापा
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचन केन्द्रित ‘नागरिक करार पत्र’ सार्वजनिक
दलहरूलाई निर्वाचन आयोगले दियो ६४ बुँदे निर्देशन  (पूर्णपाठ)
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
‘अब राज्य संरचना र नागरिक सुरक्षामा जोखिम दोहोरिन दिनु हुँदैन’ : गगन थापा आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचन केन्द्रित ‘नागरिक करार पत्र’ सार्वजनिक आइतबार, फागुन ३, २०८२
दलहरूलाई निर्वाचन आयोगले दियो ६४ बुँदे निर्देशन  (पूर्णपाठ) आइतबार, फागुन ३, २०८२
प्रलोपाको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक प्रणालीमा जोड आइतबार, फागुन ३, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्