काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालय बैठकको निर्णय, उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएर सहयोग गर्ने नेकपाको अपेक्षा।
२) मिडिया काउन्सिल विधेयकमा जरिमाना र क्षतिपूर्ति तोक्ने व्यवस्था हटाउन सरकार तयार, मुद्धाहरुको छानबिन र जरिवाना तोक्ने अधिकार अदालतलाई दिनुपर्नेमा जोड।
३) नेप्से कारोबार एक वर्षयताकै बढी, कारोबार रकम २ अर्ब ९ करोड नाघ्यो, २७ वटा कम्पनीको सेयर अधिकतम बढ्नेक्रममा सर्किट।
४) सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती क्बल अझै जितविहीन, फ्रेन्ड्सले हान्यो ४ गोल, अर्को खेलमा ५ मिनेटमा २ गोल खाँदा एपीएफ पराजित।
५) र, भारतले ल्याएको नागरिकता कानुन अनावश्यक भएको बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको भनाइ, भारतमा कानुन पारित भएपछि बंगलादेशी प्रधानमन्त्रीको पहिलो वक्तव्य।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।