काठमाडौं- सन् २०१८ पश्चात् ब्रेकमा रहेका शाहरुख खान नयाँ फिल्ममार्फत् कमब्याक गर्ने भएका छन्। उनले खेल्ने फिल्मको नाम भने सार्वजनिक भइसकेको छैन।
बलिउड सञ्चार माध्यमका अनुसार फिल्म राजकुमार हिरानीको हुनेछ। फिल्ममा एक्ट्रेस करीना कपुर हुने बताइएको छ। हिरानीको उक्त फिल्ममा शाहरुख र करीना एक साथ देखिने भएका छन्।
फिल्ममेकरको यो खुलासाले शाहरुखका प्रशंसक खुसी भएका छन्। फिल्म निर्माणको प्रतीक्षामा शाहरुखका प्रशंसकहरू बसिरहेका छन्।
२०१८मा रिलिज भएको फिल्म 'जिरो'पश्चात् शाहरुखको यो पहिलो फिल्म हुनेछ।
फिल्म 'रावन'मा स्क्रिन सेयर गरेका शाहरुख र करीनाको जोडीलाई दर्शकले निकै रुचाएका थिए। यी दुई कलाकारले एकसाथ धेरै फिल्ममा काम गरिसकेका छन्।
शाहरुख र निर्देशक अली अब्बास अफर एकसाथ फिल्ममा काम गर्ने पनि बताइएको छ। फिल्मबारे दुई जनाबीच कुराकानी भइरहेको छ।
अली अब्बास जफरको ३८औं जन्मदिनको अवसरमा आयोजित पार्टीमा शाहरुख विशेष अतिथि थिए। उनी रातको १ बजे अलीको पार्टीमा पुगेका थिए।
फिल्म जगतमा चर्चा चलिरहेको कि अर्को फिल्म एक्सन जनरामा निर्माण हुनेछ भने शाहरुख त्यसको लिड क्यारेक्टरमा हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।