डडेल्धुरा- जिल्लाकाे भालुमारेमा आएको पहिरोका कारण अवरुद्ध दशरथचन्द राजमार्गमा यातायात सुरु भएकाे छ।
अमरगढी नगरपालिका ७ भालुमारेमा आज बिहान ३ बजेतिर सडकमा पहिरोसँगै रुख ढलेपछि राजमार्ग अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले अमरगढी नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाएकाे बताए। सडक खुलेपछि बस र ट्रकलगायतका ठूला सवारीसाधन गन्तव्य तिर लागेका छन्।
प्रहरीले लगातारको वर्षा र हिमपातपछि पहिरोले ३ जिल्ला बैतडी, बझाङ र दर्जुलाबाट आउने तथा जाने सवारी प्रभावित भएकाे जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।