काठमाडौं– बेलायती राजकुमार ह्यारी र राजकुमारी मेगनले शाही उपाधि प्रयोग नगर्ने भएका छन्। दरबारले एक वक्तव्य जारी गर्दै ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र नागरिकको करबाट आउने रकमसमेत नपाउने घोषणा गरेको छ।
बेलायती राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ‘रोयल हाइनेस’ भन्ने चलन छ।
ह्यारी र मेगनले क्रिसमसलगत्तै शाही उपाधि परित्याग गर्ने घोषणा गरेका थिए। उनीहरुले आफैं निर्भर हुने तथा बेलायत र उत्तर अमेरिकामा जीवन बिताउने घोषणा गरेका थिए।
वक्तव्यमा दरबारले राजकुमार ह्यारी र मेगन राजपरिवारको सदस्य नरहेको जनाएको छ। अब उनीहरुले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्। नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागू हुने दरबारले जनाएको छ।
शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने दरबारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।