काठमाडौं– शुक्रबार दिनभर र शनिबार आंशिक वर्षा भए पनि आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आएको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ। देशकको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको र उपत्यका तथा तराईका केही स्थानहरुमा अहिले हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएकाे छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षासहित पश्चिमी उच्च हिमाली भेगका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यकालगायत तराईका केही स्थानहरुमा हुस्सु/कुहिरोसमेत रहने भएकोले चिसोबाट बच्न महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ ५ गते (आइतबार)
दिउँसो: देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ। पूर्वी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
राति: देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ। पूर्वी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ।
माघ ६ गते (सोमबार)
दिउँसो: पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ।
राति: पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
माघ ७ गते (मंगलबार)
दिउँसो: पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
राति: पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।