डडेल्धुरा- जिल्लाको भालुमारेमा आएको पहिरोका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएकाे भएको छ। अमरगढी नगरपालिका ७ को भालुमारेमा आज बिहान ३ बजेतिर सडकमा पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्गमा यातायात सेवा प्रभावित भएकाे प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले अवरुद्ध राजमार्ग खुलाउन अमरगढी नगरपालिकाको डोजर भालुमारेतर्फ पठाइएको जानकारी दिए। उनका अनुसार पहिरो र रुखका कारण सडक पूर्ण रुपमा भने अवरुद्ध भएको छैन्।
मोटरसाइकल, जीप, कारलगायतका साना सवारी साधन चलिरहेको भएपनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन्। प्रहरीले लगातारको वर्षा र हिमपात पछिकाे पहिरोले ३ जिल्ला बैतडी, बझाङ र दर्जुलाबाट आउने तथा जाने सवारी सञ्चालनमा समस्या भएकाे जनाएकाे छ।
फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।