कञ्चनपुर- महिनावारी हुँदा घरको बाटो हिंडेको भन्दै दुई महिलामाथि कुटपिट भएको छ।
जिल्लाको बेल्डाँडी गाउँपालिका १ की ३१ बर्षीया ईश्वरी खड्का र ३६ वर्षीया गीता खड्कामाथि कुटपिट भएको प्रहरीले जनाएको छ। महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै स्थानीय दलबहादुर शाहले शुक्रबार कुटपिट गरेको पीडित महिलाका आफन्तले बताएका छन्।
कुटपिटबाट घाइते महिलाहरुको बेल्डाँडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी पठाइएकाे इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ। प्रहरीका अनुसार कुटपिटमा संलग्न ३६ वर्षिय दलबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
दलबहादुरले दुई महिलाबीच जग्गा विवादमा झडप हुँदा आफूले छुट्याउन खोजेको बयान दिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।