काठमाडौं– शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सभामुखको उम्मेदवार छान्न नेकपा अध्यक्षद्वयको शुक्रबार बसेको बैठक पनि सहमतिमा पुग्न सकेन, पूर्वमाओवादीमा आफूअनुकुल पात्र खोज्दै प्रधानमन्त्री ओली ।
२)सत्य निरूपण तथा मेलमिलाप विधेयक टुंग्याउन प्रधानमन्त्री र कांग्रेस सभापतिबीच छलफल, द्वन्द्वकालीन मुद्दा सम्बोधन गर्ने अध्यादेशका बारेमा नेताहरुले प्रधानमन्त्रीलाई गरे ब्रिफिङ ।
३)कर्णालीमा सातौ पटक हिमपात र वर्षा, जनजीवन प्रभावित, सञ्चार र हवाई सेवा ठप्प, खानेपानीको पनि समस्या ।
४)सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाको पहिलो जित, शीर्ष स्थानको मछिन्द्र पराजित, हिमालयन शेर्पाले मछिन्द्रलाई २–० गोलअन्तरले हरायो ।
५)र,इराकमा भएको क्षेप्यास्त्र आक्रमणमा ११ अमेरिकी सेना घाइते,अमेरिकी सेनाद्वारा क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु भने नभएको स्पष्ट।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।