हेटौंडा- मकवानपरको हेटौँडा उपहानगरपालिका-३ लेवटमा शुक्रबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नम्बरको ट्रकले ठक्कर दिँदा चितवन रत्ननगरका अम्बर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मगरको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।