काठमाडौं– अभिनेत्री प्रियंका कार्कीलाई उनका निकटस्थ साथीहरुले थाइल्यान्डमा ब्याचलर पार्टी दिएका छन्। पाँचजना नजिकका साथीहरुसँग थाइल्यान्ड पुगेकी प्रियंकाले पार्टीका केही तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गरेकी छिन्।
सार्वजनिक तस्बिरमा प्रियंका र उनका साथीहरु सबै बिकिनी अवतारमा छन्। छुट्टाछुट्टै पोजमा हात उठाएर मुस्कुराएको तस्बिरले उनीहरुको ‘मस्ती मुड’ संकेत गर्छ। सन् २०२० मा बिहे गर्ने तयारीमा रहेकी प्रियंकालाई बिहेअघि साथी र बहिनीहरूले मिलेर ब्याचलर पार्टी दिएका हुन्। ब्याचलर पार्टी दिने समूहमा मोडल तथा भिजे सहाना बज्राचार्य, फेसन डिजाइनर सिवागीं प्रधान लगायत छन्।
थाइल्यान्ड उड्नुअघि प्रियंकाले आफ्नो इन्स्टाग्राममा एउटा सामुहित तस्बिरमार्फत ब्याचलर पार्टीको संकेत गर्दै लेखेकी थिइन्, ‘कसले बिहे गर्दै छ, अनुमान गर्नुस्।’ केही वर्षयता आयुष्मान देशराज श्रेष्ठसँग गहिरो प्रेममा रहेकी प्रियंकाको उनैसँग इंगेजमेन्ट भएको डेढ वर्ष भइसकेको छ। तर, उनीहरूको विवाहको साइत जुर्न सकेको छैन।
यसअघि अभिनेत्री ऋचा शर्मालाई प्रियंका, केकी अधिकारी लगायतको समूहले पोखरामा ब्याचर पार्टी दिएको थियो। त्यसको एक महिनामै ऋचाले बिहे गरेकी थिइन्। त्यसैले प्रियंकाको यो पार्टीले समेत उनको बिहेको मिति नजिकिएको संकेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।