• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार बढ्यो,  उजुरी छानबिनमा अख्तियारको ‘ढिलासुस्ती’ 

64x64
नेपाल लाइभ शनिबार, माघ ४, २०७६  ०६:१५
1140x725

डडेल्धुरा– गत आर्थिक वर्षमा परशुराम नगरपालिका–६  साँदनी खोला तटबन्ध गुरुयोजनामा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरी छानबिनमा अख्तियारले चासो नलिएको उपभोक्ताहरुले आरोप लगाएका छन्।

प्रदेश सरकारको ७० लाख रुपैयाँभन्दा बढीको उक्त योजनामा नेकपाका कार्यकर्ताले भागबण्डा गरेर आर्थिक अनियमितता गरेको भन्दै स्थानीय उपभोक्ताले गत साउन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए। ७० लाखमध्ये साँदनी नदी पारी ३५ लाख र वारी ३५ लाखका छुट्टाछुट्टै योजना बनाएर नेकपाका स्थानीय कार्यकर्ताले भागबण्डा गरेका थिए।

गुरुयोजना निर्माणसहित तटबन्धका लागि आएको उक्त रकमलाई दुइ भागमा बाँडेर साँदनी खोलावारी र पारी दुई योजना बनाएर भागबण्डा गरिएको पनि उपभोक्ताको आरोप छ। 

‘३५ प्रतिशत पनि काम भएन, कागज मिलाएर काम नै नगरी लाखौं रकम बाँडीचुँडी गरिएको हो’, उजुरीकर्ता स्थानीय युवकले भने, ‘अख्तियारले सामान्य चासोसमेत दिएन।’ लामो समय बितिसक्दा पनि अख्तियारले उजुरीमाथि कारबाही अघि बढाउन चासो नराखेपछि पुनः अनुरोध गरिएको र अझै सुनुवाइ हुन नसकेको उनले जानकारी दिए । 

प्रदेशका भौतिक पूर्वाधार मन्त्रीले कार्यकर्ताको नामै तोकेर उपभोक्ता समिति बनाउने भएमात्र योजना दिने बताएपछि यसरी भागबण्डा गरिएको स्थानीयले आरोप लगाएका छन्। ‘एउटै नदी नियन्त्रण गर्न गुरुयोजना बनाएर काम गर्नुपर्नेमा भागबण्डाका लागि टुक्रयाएर दुईवटा बनाइयो,’ स्थानीय अर्का युवा दिपक बिष्टले भने, ‘३५ प्रतिशत पनि काम भएन, मजदूरलाई दिएको वास्तविक भुक्तानीभन्दा तेब्बर बढी कागजमा मिलाएर अनियमितता गरिँदा पनि छानबिन भएन ।’ 

परशुराम नगरपालिकाको यो योजनामा परेको उजुरीमा मात्र अख्तियारले चासो नराखेको होइन। डडेलधुराबाट मात्र प्रदेश र स्थानीय सरकारका योजनामा अनियमितता भएको भन्दै परेका एक दर्जनबढी उजुरीमा पनि अख्तियारले कुनै चासो नराखेको विभिन्न स्थानीय तहका उपभोक्ताले गुनासो गरेका छन्।

‘एउटा सडक योजनामा अनियमितता भएको उजुरी दिएको डेढ बर्ष बढी भयो’ आलितालका उपभोक्ता अर्जुन धामीले भने ‘अख्तियारका अधिकारी पनि आर्थिक लेनदेनमा भएको आशंका स्थानीयले गर्न थालेका छन्।’ गाउँपालिकामा अढाइ वर्षमा  प्रदेश र स्थानीय तहका योजनामा अनियमितता भएको भन्दै दर्जन बढी उजुरी अख्तियारमा परे तर एउटा पनि उजुरीमा छानबिन भएको, कारबाही  भएको जानकारी उजुरीकर्ताले पाउन नसकेको उनको गुनासो छ । 

विभिन्न विकास योजना, कार्यालय र संघसंस्थामा भएका अनियमिततामा सर्वसाधारणले दिएका उजुरी औपचारिकतमा मात्र सीमित हुने गरेका छन्। धामीले भने, ‘अख्तियारमा उजुरी पर्दा पत्रपत्रिकामा सामाचार छापिनेबाहेक अरु के भयो कसैले जानकारी पाउन सक्दैनन्’ । अख्तियारको कार्यशैली, छानबिन गर्ने प्रकृया र पारदर्शीताका विषयमा गुनासो गर्ने धामी  एक्ला होइनन्। डडेलधुराका मात्र होइन, बैतडीका बिभिन्न विकास योजनाका विषयमा परेका उजुरीमा पनि कुनै छानबिन नभएको धेरै उपभोक्ताको गुनासो छ । 

Ncell 2
Ncell 2
nimb
nimb

‘जिल्ला प्रशासनलाई अख्तियारको अधिकार हुंदासम्म जिल्लामै अधिकांश मुद्दा मिलाउने काम गरिन्थ्यो,’ नागरिक समाजका अध्यक्ष रमेश जोशी भन्छन्, ‘अञ्चल–अञ्चलमा अख्तियारका कार्यालय खुलेपछि उजुरी गर्नेको संख्यामात्र बढेको देखिएको छ। तर छानबिन भएर वास्तविकता बाहिर आउने र कारबाही हुने कुरामा विश्वास गर्न सकिने अवस्था छैन ।’ 

नागरिक सामाजले नै दिएका उजुरीमा समेत चित्तबुझ्दो छानबिन हुन नसकेको र पीडकले सहज उन्मुक्ति पाउने औपचारिकता चलिरहेको जोशीले बताए। उजुरीलाई आधार बनाएर अख्तियारले सामान्य सोधपुछसमेत गर्न छाडेपछि सर्वसाधारणले अख्तियारमा उजुरी दिन नै छाडेको उनको भनाइ छ। 

पछिल्लो समय डडेलधुरामा चर्चाको विषय बनेको सा“दनी नदी तटवन्ध योजनामा भएको भ्रष्टाचारमा पनि अख्तियारले कुनै छानबिन नगरेका कारण उपभोक्ता सञ्चारमाध्यमका कार्यालयमा पुगेर अख्तियारलाई घच्घच्याउन अनुरोध गर्दै हिँडेका छन। आर्थिक अनियमितता भएको, भागबण्डा गरेर योजना बाँडेकाे, इष्टिमेटअनुसार ३५ प्रतिशतभन्दा बढी काम हुन नसकेको र भएको काम पनि गुणस्तरहीन भएको सामान्य उपभोक्ताले समेत थाहा पाउन सक्छन्, तर अख्तियारले भने राजनैतिक दबाबमा उक्त योजनामा छानबिन नगरेको स्थानीयको आरोप छ ।

एकजना इन्जिनियर र ओभरसियरले व्यावहारिकरुपमा उपभोक्ताका कागज मिलाइदिएको अभियोगमा परेको उजुरीमा अख्तियारका अनुसन्धानकर्ताले गरेको बार्गेनिङ नमिलेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको बाहेक अरु उजुरी अख्तियारले थन्क्याएर राखेको उपभोक्ताको गुनासो छ।

Xtrem

Xtrem

‘सख्यात्मक रुपमा उजुरी दिने बढे पनि अख्तियारले छानबिन गर्ने, कारबाही गर्ने प्रक्रिया शून्यप्रायः भएको छ,’ भ्रष्टाचारविरुद्धका अभियन्ता दानबहादुर चन्दले भने, ‘धेरैजसो लाभ हुनसक्ने उजुरीमा केही समय छानबिन गर्ने र पछि फाइल थन्काएर राख्ने प्रवृत्ति अख्तियारमा बढेको छ ।’ 

भागेश्वर, आलीताल , बैतडीको पाटन तथा मेलौली नगरपालिका, परशुराम नगरपालिकामा परेका उजुरी र प्रदेश सरकारका दर्जन बढी योजनामा परेका उजुरीलाई आधार बनाएर हेर्ने हो भने अधिकांश योजनामा अख्तियारको भूमिका संदिग्ध रहेको चन्दले दाबी गरे। 

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचार बढ्यो

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको वार्षिक प्रतिवेदनले प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको उजागर गरेको हो।  

आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले गत आर्थिक वर्षमा एक हजार २ सय ७७ भ्रष्टाचारका मुद्दा दर्ता भएकामध्ये धेरैजसो उजुरी स्थानीय सरकारविरुद्ध रहेको जानकारी दिए। उजुरीमध्ये धेरैजसो आर्थिक अनियमितता तथा  गुणस्तरहीन विकास निर्माण आयोजनासँग सम्बन्धित रहेको जनाइएको छ। दर्ता भएका मुद्दामध्ये ६ सय १० फछ्र्योट गरिएको र बाँकी ६ सय ६७ मुद्दामा अनुसन्धान जारी रहेको  प्रतिवेदनमा उल्लेख छ।

फछ्र्योट गरिएकामध्ये २ सय ७२ मुद्दालाई सामान्य र  ३० मुद्दामा सुझावसहित तामेलीमा राखिएको उनले बताए। आर्थिक वर्ष २०७५/७६ का ६३ र अघिल्लो आव २०७४/७५ का २ सय २४ मुद्दाको विस्तृत अध्ययन गरी कारबाही गरिएको र  २ सय ४५ मुद्दालाई अन्य कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाएको जनाइएको छ।

प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्