काठमाडौं- 'तान्हाजी : द अनसंग' वारियरपछि सेफ अली खान छिट्टै 'जवानी जानेमन'मा देखा पर्दैछन्।
यो रमाइलो पारिवारिक ड्रामा फिल्मको नितिक कक्कडले निर्देशक गरेका छन्। यस फिल्मबाट पूजा बेदीको छोरी अलाया बलिउडमा डेब्यू गर्दैछिन्। मंगलबार फिल्मको गीत 'गल्ला करदी'को लञ्चमा सेफले मिडियासँग फिल्म र अलायाको बारेमा बताए।
सेफले आफू उमेरको हिसाबले पनि सही भूमिका निभाएको बताए। उनले भने, 'प्रोड्युसर जय शेवकमाणीले केही वर्ष पहिले मसँग यस फिल्मको आइडिया सेयर गरेका थिए। म आफ्नो करिअरको बारेमा सोचिरहेको थिएँ। त्यतिबेला मलाई लाग्यो कि म उमेर अनुसारको भूमिका निभाउन चाहन्छु। बरु बाबुको भूमिका नै किन नहोस्। यसपछि म जयसँग फिल्मको लागि जोडिएँ।'
उनले भने, 'म नितिक कक्कडसँग अरुनै फिल्मको लागि भेटेको थिएँ। तर फिल्म बन्न त पाएन। तर मलाई उनीसँग कुरा गर्न निकै रमाइलो लाग्यो। मलाई जयले उनी नितिकको साथ मिलेर फिल्म बनाइरहेको बताए। यसबाट म एक्साइटेड पनि थिएँ। नितिकले स्क्रिप्टमा धेरै मिहिनेत गरेको हुनाले यो फिल्म राम्रो बनेको छ।'
अलाया फर्निचरवालाको बारेमा रमाइलो वर्णन
अलायाको बारेमा वर्णन गर्दै सेफले भने, 'अलायाले फिल्मलाई सानदार र विशेष बनाइदिएकी छन्। आजभोलिका कलाकार पूरै तयारी गरेर आउँछन्। जबकि हामी सधैं बिना तयारी सुटिङमा आएको थियौं। मलाई लागेको छ कि उनी मेरो साथ काम गर्ने मध्ये सबैभन्दा बेस्ट हुन्।'

सेफको तारिफबाट खुसी भइन् अलाया
सेफको तारिफ सुनेर खुसी भएकी अलायाले भनिन्, 'म यस समय धेरै खुसी छु। म धेरै भावुक छु र सेफले यति भन्नु मेरो निम्ति धेरै माया हो। म यस्तै राम्रो कलाकारसँग काम गर्न चाहन्छु।'
फिल्म 'जवानी जानेमन' ३१ जनवरीबाट प्रदर्नमा आउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।