काठमाडाैं– संयुक्त अरब इमिरेट्स युएईमा बस दुर्घटना हुँदा ३ नेपालीको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा प्युठानकी भावना कुँवर, बाराकी अमिसा मोक्तान र झापाकी कृष्णकुमारी अधिकारी रहेको युएईस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। सोही दुर्घटनामा १४ जना नेपाली घाइते भएका छन्।
युएईस्थित क्लिनरमा काम गर्ने महिला कामदार बोकेको मिनीबस बिहीबार बिहान लरीमा ठोक्किएकाे थियाे।
त्यहाँकाे स्थानीय प्रहरीलाई उदृत गर्दै सञ्चार माध्यमहरुले जनाए अनुसार अन्य ३ आप्रवासीकाे पनि मृत्यु भएको छ। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।