एजेन्सी- जम्मू-कश्मीरलाई विशेष राज्यकाे दर्जा दिने अनुच्छेद- ३७० निष्प्रभावी भएकाे पाँच महिना बढी भइसकेकाे छ।
सरकारले पनि जम्मू-कश्मीरमा सबै ठीक छ। अवस्था सामान्य छ भनेर दाबी गरिरहेकाे छ। तर, विपक्षीले बारम्बार भनिरहेछ यदि सबै कुरा ठीकठाक छ भने त्यहाँ जान किन रोकिदै छ?
विपक्षीहरूले त्यहाँ नेताहरूलाई किन नजरबन्दमा राखिएको छ? र किन महिनौं इन्टरनेट सुविधामा प्रतिबन्ध लगाइएको छ? भनेर निरन्तर साेधिरहेका छन्। सत्ता र विपक्षबीच रस्साकस्सी चलिरहेकै बेला केन्द्रीय सरकारका ३६ मन्त्रीले जनवरी १८ देखि २५ सम्म जम्मू-कश्मीरको भ्रमण गर्ने छन्।
अल इन्डिया रेडियोका अनुसार, सबै मन्त्रीहरू जम्मू-कश्मीरका विभिन्न क्षेत्रमा जानेछन्। उनीहरूले सरकारले संविधानको धारा ३७० हटाएपछि जनतामा परेकाे प्रभावबारे कुरा गर्नेछन्। साथै सरकारद्वारा सञ्चालन भइरहेका कार्यहरूको बारेमा पनि जानकारी दिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।