एजेन्सी- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को सञ्चार उपग्रह जीसेट-३० सफलतापूर्वक प्रक्षेपण भएकाे छ।
इसरोकाे जीसेट-३० यूरोपियन रकेट एरियन- ५ बाट प्रक्षेपण गरिएकाे हाे।
याे शुक्रबार बिहान २.३५ बजे दक्षिण अमेरिकाको उत्तरपूर्वी तटमा रहेको कौरोको एरियर प्रक्षेपणबाट प्रक्षेपण गरिएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्।
याे इसरोको २०२० काे पहिलो मिशन हो । इसरोका अनुसार जीसेट-३० सञ्चार उपग्रह हाे।
यसले इनसेट- ४ ए काे स्थान लिनेछ। इनसेट २००५ मा प्रक्षेपण गरिएकाे थियाे।
जीसेट-३० ले भारतको दूरसञ्चार सेवामा सुधार गर्न मद्दत गर्नेछ। साथै राज्यमा संचालित निजी सेवा प्रदायक सञ्चार लिंककाे क्षमता वृद्धि गर्न पनि यसले सहयाेग गर्नेछ।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।