काठमाडौं- एक दम्पतीले दुई बच्चासहित त्रिशुली नदीमा हामफालेका छन्। जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार बिहीबार यो घटना भएको हो।
धादिङको बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भइसकेको छ भने उनका श्रीमानको भने उद्धार भएको छ।
उनीहरूका ६ महिना र २ वर्ष उमेरका दुई छोरा भने बेपत्ता छन्।
काठमाडौंको चन्द्रागिरीमा घर भएका महिलाका पति विनय लामिछानेको भने उद्धार भएको हो।
प्रहरीका अनुसार उनीहरूले हाम्फाल्नुको कारण खुलिसकेको छैन।
विनय परिवारसहित गोरखास्थित ससुराली गएर फर्किँदै गर्दा घटना भएको हो।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।