काठमाडौं- तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ देखि ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ।
नेपाल चलिचत्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा राष्ट्रिय सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा महोत्सव सञ्चालन हुने भएको हो।
नेपाली चलचित्रको रचनात्मक विकास गर्ने उद्देश्यसिहत हुन लागेको महोत्सवमा ८० चलचित्र प्रदर्शन हुने बिहीबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो। १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड फिल्म रहेका छन्।
५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० चलचित्र छानिएको आयोजकले जानकारी दिएको हो। 'विश्वका कथाहरूको कथ्य उत्सव’नारासहित महोत्सवमा सञ्चालन हुन लागेको हो।
महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र तथा एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृतसमेत गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।