काठमाडौं– बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ललिता निवासको जग्गा कब्जा गर्नु आतंकवादी गतिविधि भएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाइ, जग्गा प्रकरणमा मुछिएकाहरूमाथि सरकारले नै छानबिन गरिरहेको दाबी ।
२) स्वायत्त, स्वतन्त्र र स्वनियमन सहितको मिडिया काउन्सिल विधेयक हुनुपर्ने संसदीय समितिको भनाइ, विधेयकका प्रावधान पुरानै तर नाम फेर्ने कुरा उचित नभएको तर्क ।
३) वार्षिक २० लाख रुपैयाँभन्दा बढी गाडीभाडा लिने व्यवसायी पनि भ्याटमा दर्ता हुनुपर्ने, आन्तरिक राजस्व विभागले जारी ग¥यो नयाँ निर्देशिका ।
४) मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पुलिस क्लब फाइनलमा, सुदूरपश्चिम ९९ रनले पराजित, सागरले लिए ५ विकेट ।
५) र, ‘व्यापार युद्ध’ कम गर्न चीन र अमेरिकाबीच पहिलो चरणको सम्झौता, अमेरिकी अर्थतन्त्रका लागि सम्झौता ‘रुपान्तरणकारी’ हुने राष्ट्रपति ट्रम्पको दाबी ।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।