एजेन्सी– भारतीय फिल्म उद्योग अर्थात बलिउडमा राजनीतिक छायाँ प्रष्ट रुपमा देखिन थालेको भन्दै समय–समयमा आलोचना हुने गरेको छ। खासगरी राजनीतिक कनेक्सनसँग जोडिएका र ऐतिहासिक महत्वका फिल्म प्रदर्शनका बेला यस्तो हुनेगर्छ।
भारतीय जनता पार्टीले सत्तारोहण गरेपछि यो क्रम निकै बाक्लिएको छ। यसअघि कार्यकर्ता, धार्मिक संगठन र जातीय संगठनले मात्र विरोध गर्ने गरेकोमा भाजपा सरकारमा आएपछि सरकार र पार्टीकै तर्फवाट औपचारिक रुपमा फिल्ममाथि टिकाटिप्पणी र दबाब दिने क्रम बढेको छ। पछिल्लोसमय खासगरी प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका आलोचक फिल्मकर्मीहरु यस्तो निशानामा पर्ने गरेका छन्।
प्रकाश राजदेखि दीपिका पादुकोणसम्म यसका शिकार भईरहेका छन्। यसक पटक प्रकाश राजले पत्रकार सम्मेलन नै गरेर भाजपाले आफूलाई फिल्ममा काम गर्न नदिन उद्योगका व्यक्तिहरुलाई समेत दबाब बढाएको दाबी गरेका थिए। उनी यसैवर्ष भएको विधानसभा निर्वाचनमा मोदीको घोर विरोधीका रुपमा देखिएका थिए।
त्यस्तै फिल्म पद्यावतदेखि दीपिका पनि भाजपाको हिट लिष्टमा चढेकी छन्। सुरुमा पद्यावती नाम रहेको सञ्जयलीला भन्सालीको फिल्म सरकार र भाजपाकै असन्तुष्टिका कारण लामो समय फिल्महलमा नचल्नुका साथै नाम पनि पद्यावत हुन पुग्यो। तत्कालीन समयमा भाजपाका कार्यकर्ताले दीपिकाको नाक काट्नेसम्मका धम्की दिए। उक्त विवादकै बीच फिल्म हलहरुमा चल्यो र दीपिका झन् चर्चित भइन्।
त्यसैगरी हालै प्रर्दशनको तयारीमा हरेको ‘छपाक’ अघि दीपिका जेएनयु जादाँ पुनः भाजपाको निसानामा परिन्। एसिड आक्रमणमा परेका व्यक्तिहरुको कथा ‘छपाक’को प्रमोशनका लागि जेएनयुका विद्यार्थीहरुको सर्मथनमा पुगेकी दीपिकामाथि अदालतदेखि भाजपाकी पूर्वमन्त्री स्मृती इरानीसम्म आइलागे। छपाकले अहिले बलिउडका अर्का स्टार कलाकार अजय देवगनको फिल्म ‘तानाजी’सँग प्रतिस्पर्धा गरिरहेको छ । ‘तनाजी द अनसङ वारियर’ सत्रौं शताब्दीका एक मराठा योद्धा तानाजी मालुसरेले आफ्ना सम्राट छत्रपति शिवाजीको वफादारीमा प्रदर्शन गरेको वीरताको गाथामा आधारित छ।
तानाजीले बक्स अफिसमा राम्रो कमाई गर्दै सय करोड क्लबमा आफ्नो नाम लेखाउन सफल भएको छ। राजसत्तालाई सर्मथन गर्ने आसमै यही फिल्ममाथि महाराष्ट्र सरकारको मन्त्रिपरिषदमा चर्चा पनि भएको एक मन्त्रीले बताए। मन्त्रिपरिषदले ‘तानाजी’लाई कर छुट दिने निर्णय भएको पनि मन्त्री बालासाहेब थोराटले बताए। मुख्यमन्त्रीले यसको छिटै घोषणा गर्ने पनि उनले बताए।
सँगै प्रर्दशनमा आएको ‘छपाक’ विरुद्ध भाजापाका कार्यकर्ताहरु हलमा चल्न नदिने चेतावनी र धम्की जारी गरिरहेका छन्। ‘छपाक’ले दीपिकाको अनुहारमा मात्र नभई सवै भारतीयको अनुहारमा एसिड छ्यापेको आरोप लगाइरहेका छन् । तानाजीलाई कर छुट दिने घोषणा गर्नेमा महाराष्ट्रमात्र हैन हरियाणा पनि सामेल भएको छ। हरियाणामा मुख्यमन्त्री मनोहरलाल खट्टरले यसको घोषणा नै गरिसकेका छन् । उनले छिटै चलचित्र तानाजीलाई हरियाणामा कर छुट दिइने उनले बताए।
त्यस्तै फिल्म हेर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि कर छुट दिने घोषणा गरेका छन्। तानाज र छपाक जनवरी १० मा रिलिज भएका थिए। दुवै फिल्ममाथि आलोचनात्मक र समर्थन दुवै प्रतिक्रिया आइरहेका छन् । एसिड पीडितको कथा भएको भन्दै छपाकलाई पनि छत्तीसगढ, मध्यप्रदेश र राजस्थानमा कर छुट दिने निर्णय भने भएको छ। योसँगै छपाकले विरोध र आलोचना सत्तारुढ दलबाटै खेप्नु परिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।